
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १.०१ प्रतिशतको वृद्धि भएको छ । आज २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ । त्यस्तै आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेर ४६०.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज सेयर बजारमा ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर १ लाख ८ हजार ८१७ पटक खरिद बिक्री हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?