
काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ । यो एक साताको अवधिमा मात्रै सुनको मूल्य २७ हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत माघ १६ मा ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ २३ गतेसम्म आइपुग्दा २ लाख ९१ हजार रुपैयाँमा झरेको हो । यो साता सुनको मूल्य बढ्नेभन्दा घट्ने क्रम बढेको देखिन्छ ।
महासंघका अनुसार, माघ १८ गते नेपाली बजारमा सुनको मूल्य ३ लाख रुपैयाँ, माघ १९ गते २ लाख ८६ हजार ६००, माघ २० गते २ लाख ९० हजार ३००, माघ २१ गते ३ लाख ४ हजार ७०० रुपैयाँ, माघ २२ गते २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबारको तुलनामा माघ २३ गते शुक्रबार पनि सुनको मूल्य ४ हजार २०० रुपैयाँले घटेको छ । त्यसदिन सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो साता सुनको मूल्य भारी गिरावट आएको हो । विवाह गर्ने लगनको महिना पनि भएको र मूल्य घटेकाले पनि सुनका गहना किन्न आउनेहरु विस्तार बढ्न थालेको व्यवसायीहरुले बताएका छन् ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?