
काठमाडौं । माइकल कारिकको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित निकाल्दै मुख्य प्रशिक्षकका रूपमा उनको शतप्रतिशत सुरुवात कायम राखेको छ। युनाइटेडले शनिबार टोटनहम हटस्परमाथि २–० को जितनिकालेको छ। ब्रायन एमब्युमो र कप्तान ब्रुनो फर्नान्डेसको गोलमा जित सम्भव भएको हो ।
एमब्युमोले ३८ औं र फर्नान्डेसले ८१ औं मिनेटमा गोल गरे। जितसँगै अन्तरिम जिम्मेवारीको दोस्रो कार्यकालमा कारिकले अधिकतम १२ अंक जोडेका छन्। यो पछिल्लो सफलताले युनाइटेड २५ औं खेलको समाप्तिमा शीर्ष चारमा रहने निश्चित भएको छ। पाँचौँ स्थानमा रहेको चेल्सी र छैटौँ स्थानको लिभरपुलले यो साता विजयी हुँदा पनि युनाइटेडको स्थान सुरक्षित रहनेछ।
कारिकका पहिलो तीन जित शीर्ष दुई टोलीविरुद्ध आएको थिए। उनले ओल्ड ट्राफर्डमा दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई हराए भने एमिरेट्स स्टेडियममा शीर्ष स्थानको आर्सनलमाथि पनि जित निकाले। त्यसपछिको खेलमा युनाइटेडले ओल्ड ट्राफर्डमै फुलहामलाई पराजित गरेका थियो।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह