
काठमाडौं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा एफसी कोलोन लाई ५-१ गोलले पराजित गरेको छ। म्युनिखस्थित अलियान्ज एरिना मा भएको खेलमा हेरी केनले ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाएका हुन्।
खेलको १०औँ मिनेटमा बायर्नले अग्रता लियो। कोनराड लाइमरको क्रसलाई जोशुआ किमिखले अगाडि बढाएपछि केनले नजिकबाट प्रहार गर्दै गोल गरे। त्यसको तीन मिनेटमै किमिखकै छोटो पासमा केनले सुन्दर प्रहार गर्दै दोस्रो गोल थपे।
१८औँ मिनेटमा सइद एल मालाले कोलोनका लागि गोल गर्दै खेल २–१ बनाए। तर त्यसको चार मिनेटमै टम बिसखोफले बक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै बायर्नको अग्रता फेरि दुई गोलको बनाए।
दोस्रो हाफमा पनि बायर्नले दबाब कायम राख्यो। ६९औँ मिनेटमा केनले टाढाबाट शक्तिशाली प्रहार गर्दै ह्याट्रिक पूरा गरे। खेल सकिन सात मिनेट बाँकी रहँदा निकोलस ज्याक्सनले लुइस डियाजको पासमा गोल गर्दै बायर्नको ५-१ को जित पक्का गरे।
यो सिजन बायर्न म्युनिखले बुन्डेसलिगामा कुल १ सय २२ गोल गरेको छ। यो युरोपका शीर्ष लिगमध्ये एक उत्कृष्ट प्रदर्शन हो। केनले पनि उत्कृष्ट लयमा रहँदै सिजनभर ३६ गोल गरेका छन्, जुन लिगमा सर्वाधिक हो।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम