
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन्चालन गरेको मिसन– २०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छिन्। मिसन– २०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसंग आवश्यक समन्वय गर्ने पनि बताइन् ।
जापनमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उदेश्यका साथ राखेपले दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिदै आएको छ । चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिना सम्म कार्यक्रम सन्चालन हुने भए पछि बाँकी रकम व्यवस्थापनका लागि परिषदले अनुरोध गरेको हो ।
एसियाली खेलकुदको तयारी लगायतका विषयमा प्रधानमन्त्रीलाई सदस्य–सचिव मेहताले जानकारी दिएका थिए। भेटका अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट र उपनिर्देशक दिपक श्रेष्ठको पनि सहभागिता थियो । भेटमा प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरि उदेश्य पूरा गर्न भन्दै फागुन २१ को निर्वाचन लगत्तै विशेष प्रशिक्षण जारी राख्न भनिन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू