
काठमाडौं । नेपाल आयल निगमले आगामी निर्वाचनलाई मध्यनजर गर्दै उपभोक्तालाई एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था गरेको छ । निगमले फेब्रुअरी महिनाका लागि साबिकको कोटामा २ हजार मेट्रिक टन थप गरी हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको जानकारी दिएको हो ।
काठमाडौं उपत्यकामा रहेका २३ वटा ग्यास उद्योगहरुले दैनिक करिब ४० हजार सिलिन्डर बजारमा पठाइरहेको भए तापनि पछिल्लो समय माग उच्च भएका कारण केही ब्रान्डको अभाव देखिएको निगमले स्वीकार गरेको छ । बजारमा केही ब्रान्डका ग्यास सहजै उपलब्ध नभएको गुनासो आएपछि निगमले उपभोक्ताको सहजताका लागि नयाँ विकल्प दिएको छ । यदि डिलरमार्फत ग्यास प्राप्त गर्न कठिनाइ भएमा उपभोक्ताले सिधै उद्योग वा बिक्री केन्द्रमा सम्पर्क गरेर ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
विशेष गरी नेपाल ग्यास, एभरेष्ट ग्यास, साइबाबा ग्यास र श्री कृष्ण ग्यासको अभाव देखिएका स्थानमा उपभोक्ताले ती उद्योगका आधिकारिक सम्पर्क नम्बरमा फोन गरी ग्यास ल्याउन पाउने छन् । निगमले ग्यासको उपलब्धतामा कुनै समस्या आएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी उजुरी टिपाउन भनेको छ । आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न निगमले अनुरोध गरेको छ।














समाचार
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान