हिमालयन एभरेष्ट इन्स्योरेन्स व्यवसायको २४.८१ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित उक्त विवरण अनुसार कम्पनीको बीमा व्यवसाय, कुल आम्दानी तथा कोषहरुको सञ्चिती रकममा बृद्धि देखिएको छ ।
चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड ८४ लाख रुपैयाँ र महाबिपत्ति कोषमा १९ करोड २१ लख रुपैयाँ सञ्चिती रहेको छ । साथै कम्पनीको बीमा कोषमा एक अर्ब ८२ करोड ८ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २४.५० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले ६ महिनाको अवधिमा एक अर्ब ३१ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ८८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

त्यस्तै, कम्पनीको बीमा दावी भुक्तानी ६३ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ९८ करोड ४५ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कुल आम्दानी २४.८१ प्रतिशतले बढेर एक अर्ब १० करोड रुपैयाँबाट बढेर एक अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । साथै, कम्पनीको कुल खर्च एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको मुनाफा ९०.१५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ९८ लाख रुपैयाँ कमाएको कम्पनीले हाल एक करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुमा चरणवद्ध रुपमा परेका बीमा दावीहरुले नाफा प्रभावित भएको छ । कम्पनीको ईपीएस १.२६ रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार