
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २३ गतेदेखि नामावली बन्द गर्ने निर्णय गरेकाले आजसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।
कम्पनीले आगामी जेठ ६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पेश गरिनेछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअनुसार सेयरधनीले कुल ५.२६३२ प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।
प्रस्तावित लाभांश साधारणसभाबाट अनुमोदन भएपछि मात्रै लगानीकर्तामा वितरण गरिने कम्पनीले जनाएको छ । हाल सानिमा जिआईसी इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द