
झापा । झापामा जारी ‘झापा गोल्डकप’अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा एपिएफ क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
एपिएफले आयोजक झापा–११ लाई घरेलु मैदानमा टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलयात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै एपिएफले जित हासिल गरेको छ । यो जितसँगै एपिएफले रु सात लाख ५० हजार सुरक्षित गरेको छ । एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नवीन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले बचाएका थिए ।
झापाका तर्फबाट रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । खेलको ६१औँ मिनेटमा झापाले अग्रता लियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भए । झापाको अग्रता छ मिनेट पनि टिक्न सकेन । एपिएफका स्ट्राइकर नवीन लामाले ६७औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्याए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनान्चालीसौँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट वञ्चित भएको थियो । खेलको ५७औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो ।
एपिएफले ३०औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए । खेलको प्लेयर अफ दी म्याच विजेता टिम एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ घोषित भए । उनले नगद रु २५ हजार पुरस्कार पाए । शनिबारको अर्काे सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलरक्षकले जनही रु ३५ हजार पुरस्कार पाउनेछन्।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू