
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।
पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल÷मट्टीतेलमा ३ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ । निगमका अनुसार अब पेट्रोल पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ पुगेको छ । पहिले वर्गमा चारआली, विराटनगर, जनकपुर,अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ्ग तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन ।

फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सवारी दुर्घटनामा चालककाे मृत्यु
मौलाकाली केबलकारको विशेष साधारणसभा आह्वान
महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट, निर्माण तीव्र गतिमा
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
२२ मेगावाटको सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री