
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेकाे छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिरहेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो। जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्त शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा बाँकी सेयरमध्ये २८ हजार ४४० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका कुल ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो ।
यो आईपीओका लागि आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा रेटिङ्ग संस्टा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व