
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ। गीतकार रिमा श्रेष्ठले रचना गरेको यो गीतमा सम्झना‚ माया र भावनाको गहिरो स्पर्श महसुस गर्न सकिन्छ। गीतको म्युजिक भिडियो रिमा श्रेष्ठको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे।
रवीन्द्र पौड्याल रिभेरीले गीतमा संगीत भरेका छन्। संगीत संयोजन तथा एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन्। भिडियोमा उत्कृष्ट कलाकारको अभिनयले दर्शकलाई बाँधिराख्छ। भिडियोमा प्रमुख भूमिकामा डा. सुवासप्रसाद आचार्य‚ रवीन्द्र पौड्याल रिभेरी र कृतिका बस्नेतले अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका हुन्।
भिडियोमा कलाकारको जीवन्त अभिनयले दृश्यहरूलाई कलात्मक र भावुक बनाएको छ। दिनेश पराजुलीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन भने विकास दाहालले गरेका हुन्। यसैगरी मेकअप तथा हेयरस्टाइलिङ पुनम चौधरीको छ भने प्रोजेक्ट म्यानेजमेन्ट दिपेन गौतम माइकलको छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू