
काठमाडौं। लिटिल एन्जल्सले १४ औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१ गोलले पराजित गर्यो ।
प्रणव बोगटीले ह्याट्रिक गरे भने सन्द्रप शाहीले २ गोल थपे । काठमाडौं भ्यालीका नोर्बु छिरिङ घलेले सान्त्वना गोल गरे । प्रतियोगिता अवधिभर ११ गोल गरेका प्रणव सर्वाधिक स्कोरकर्ता बने । सन्द्रप उत्कृष्ट स्ट्राइकर घोषित भए । काठमाडौं भ्यालीका सन्तोष उत्कृष्ट डिफेन्डर, लिटिल एन्जल्सका आयुश थापा उत्कृष्ट मिडफिल्डर, इनियस पंगेनी उत्कृष्ट गोलरक्षक, लिटिल एन्जल्सका राजेन्द्र कार्की उत्कृष्ट प्रशिक्षक चुनिए । त्रिज्योति अनुशासित टिम बन्यो ।
विजेतालाई बागमती प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सञ्जेल, लोयल्टीका अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीकी निर्देशक नन्दा सुब्बा, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा आयोजकको २ सहित १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम