
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । आज सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित बयलबास बजारमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले २०४६ सालपछि नेता बनेका सबैको सम्पत्ति शुद्धीकरण गर्ने बताए । निर्वाचनपछि सुरुमा एउटा अधिकार सम्पन्न र सशक्त आयोग तयार गरेर सबैको सम्पत्ति शुद्धीकरण गर्ने उनको भनाइ छ ।
सम्पत्ति शुद्धीकरणको रोलक्रममा आफू आग्रस्थानमा रहेकाले आफ्नो पनि सम्पत्ति शुद्धीकरण गर्ने जनाउँदै सभापति थापाले भष्टाचार निवारण गर्छु भनेर मात्र नहुने धारणा राखे । ‘म प्रधानमन्त्री भएपछि मेरो पहिलो एजेन्डा भनेको देशमा विद्यमान भ्रष्टाचार अन्त्य गर्ने हो । त्यसका लागि पार्टीका पूर्व तथा वर्तमान नेताहरूको सम्पत्ति शुद्धीकरणबाट सुरु हुन्छ । सुरुमा शक्तिशाली आयोग बन्छ, पार्टीका पूर्वसभापति, पार्टीबाट मन्त्री तथा प्रधानमन्त्री भएका सबैको सम्पत्ति शुद्धीकरण गरिने छ,’ उनले भने ।
सभापति थापाले देश बनाउने ‘एजेण्डा’ बोकेर हिँडेका दल कुनै नयाँ र पुरानो नहुने धारणा राख्दै यसतर्फ आममतदान सचेत भएर मताधिकार प्रयोग गर्न आग्रह गरे । उनले मतदातालाई संयमित भएर मुलुक, जनता र समाजको हितमा काम गर्नेलाई मत दिने निर्णय गर्न सबैलाई आग्रह गरे । चुनावको समयमा विभिन्न भ्रामक सूचना र अफवाह फैलिएकाले मतदाताको घरघरमा पुगेर सत्य, तथ्य उजागर गरेर सहयोग गर्न पार्टी नेता, शुभेच्छुलाई चिर्न सभापति थापाले निर्देशन दिए । उनले मधेसको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्थाप्रति समेत चिन्ता व्यक्त गरे । मधेस प्रदेशमा सर्लाही र रौतहटको शिक्षा र स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको भन्दै आफूले यसलाई गम्भीर रूपमा लिएको उनको भनाइ थियो ।
आफू सर्लाहीको निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार भएकाले यहाँको मात्र विकास हुने हो कि भनेर चिन्ता गर्न नपर्ने भन्दै मुलुक विकास र सुशासन आफ्नो पहिलो प्राथमिकतामा पर्ने सभापति थापाले प्रतिबद्धता जनाए ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द