
काठमाडौं । सञ्जु सामसनको उत्कृष्ट प्रदर्शनको मद्दतले भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन्समा सुपर एटको अन्तिम खेलमा १९६ रनको लक्ष्य पछ्याएको भारतले १९. २ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनायो ।
लक्ष्य पछ्याउने क्रममा अभिषेक शर्माले आक्रामक सुरुआत गरे । तर अभिषेक शर्मा (१० रन) र इशान किशन (१० रन) दुवै आउट भएपछि भारत ४१ रनमा २ विकेट गुमाएर दबाबको अवस्थामा पुगेको थिए । त्यसपछि सञ्जु सामसन र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे । सामसनले अर्धशतक पूरा गरे भने सूर्यकुमार १८ रनको योगदान दिए । तर सूर्यकुमार क्याच आउट भएपछि खेल फेरि खुला बन्यो । सामसन भने अन्त्यसम्म डटेर खेले । उनले ५० बलमा १० चौका र ४ छक्का सहित नटआउट ९७ रन बनाए ।
तिलक वर्मा (२७ रन) ले राम्रो साथ दिए । तर उनी पनि आउट भएपछि भारतलाई अन्तिम ३० बलमा ५० रन आवश्यक थियो । त्यसपछि हार्दिक पाण्ड्या ( १७ रन) र शिवम दुबे (नटआउट ८ रन) ले संयमित खेल खेले । त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको भारतले सुरुआतमा दबाब खेप्यो । वेस्ट इन्डिजका कप्तान साइ होप र रस्टन चेज ( ४० रन)ले आक्रामक ब्याटिङ गरे । हार्दिक र अर्शदीप सिंहलाई चौका–छक्का प्रहार गरिएको थियो ।
तर वरुण चक्रवर्तीले होप (३२ रन) लाई बोल्ड गरेपछि खेलको मोड फेरियो। जसप्रित बुमराहले हेटमायर (२७ रन) लाई आउट गरे भने हार्दिकले रदरफोर्ड (१४ रन) लाई पवेलियन फर्काए । अन्त्यमा रोभम्यान पावेल (३४ रन) र जेसन होल्डर (३७ रन) ले अविजित ७६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई ४ विकेटमा १ सय ९५ रनको बलियो अवस्थामा पुर्याए ।
तर अन्ततः रात सामसनकै नाममा रह्यो। अब भारतले बिहीबार मुम्बईमा इङ्ग्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ । पहिलो सेमिफाइनल दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच हुनेछ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना