
काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट मतपत्र हराएको छ । बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजे । त्यसपछि सुरु भएको विवाद अझै टुङ्गिएको छैन । सर्वदलीय बैठकले मतदान सुरु गर्ने सहमति गरे पनि मतपत्र हराएपछि अझै मतदान सुरु भएको छैन ।
मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको छ । हराएको मतपत्र खोजी भइरहेको दोलखामा निर्वाचन गराउन खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएको मतपत्रलाई मुचुल्का गरेर गणना नगर्ने गरी मतदान सुरु गर्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेका छैनन् । विवाद गर्नेहरूमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ता छन् । मतदान सुरु भएको केही समयपछि नै कर्मचारीलाई हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो