
काठमाडौं । यस पटकको आम निर्वाचनमा सबैभन्दा बढी चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्।
काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर ‘हेभीवेट’ मानिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका बालेनले पछिल्लो मत परिणाम अनुसार ४२ हजार ५४३ मत प्राप्त गरेका छन्। ओली भने बालेनभन्दा ३१ हजार १ सय १६ मतले पछि परेका छन्।
झापा-५ को पछिल्लो अपडेट अनुसार बालेन शाहको लोभलाग्दो अग्रता कायमै छ:
बालेन शाह (रास्वपा): ४२,५४३ मत
केपी शर्मा ओली (नेकपा एमाले): ११,४२७ मत
समीर तामाङ (श्रम संस्कृति पार्टी): ७,१०७ मत
मन्धरा चिमरिया (काँग्रेस ): १,२०२ मत
रञ्जित तामाङ (नेकपा): ९११ मत
एमाले अध्यक्ष ओलीको गढ मानिने झापा-५ मा बालेनले सुरुवाती गणनादेखि नै लिएको यो अग्रतालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। काठमाडौँमा स्वतन्त्र रूपमा काम गरेर लोकप्रिय बनेका बालेनलाइ यस पटक रासपाले ‘प्रधानमन्त्रीको उम्मेदवार’को रूपमा अघि सारेको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम