
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९६ रुपैयाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८० रुपैयाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।













समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी