
काठमाडौं । २८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, नेपाली कम्युनिस्ट पार्टीको ६, राप्रपाको १, श्रम संस्कृतिको १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् ।
गत बिहीबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ । समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाको आग्रता रहेको छ । विघटित प्रतिनिधिसभामा रास्वपा चौथो दल थियो । यो पटक स्पष्ट एकल बहुमतको रुपमा अगाडि आएको छ । विघटित प्रतिनिधिसभामा पहिलो दोस्रो र तेस्रो दल रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट यसपटक निकै खुम्चिएका छन् ।
रास्वपा बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर चुनावमा होमिएको थियो । बालेन काठमाडौं महानगरमा निवर्तमान मेयर हुन् । २०७९ सालका स्वतन्त्र उठेर काठमाडौंको मेयरको चुनाव जितेका बालेन यसपटक मेयर पद छाडेर प्रतिनिधिसभाको चुनावमा होमिएका हुन् ।
उनै बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको रास्वपाले एकल सरकार बनाउने गरी बहुमत पाएको हो । बालेन आफैँ झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उक्त क्षेत्र विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएको क्षेत्र हो ।
२०४८ सालदेखि झापामा सदाबहार उम्मेदवारको रूपमा रहेका ओलीलाई रोकेर बालेन झापा–५ बाटै निर्वाचित भएका छन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९ हजार ६१४ मतको अन्तर रह्यो ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज