
काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । निर्वाचनका कारण थप गरिएको सयम आज सकिने भएको हो ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । फागुन २२ गतेसम्म समय दिएर खुला गरिएको आईपीओ चुनावका कारण समय थप भएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरिरहेको हो ।
कम्पनीले १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोष र ४४ हजार ४०० कित्ता आफ्ना कर्मचारीलाई छुट्याएर १०० रुपैयाँ अंकित दरका बाँकी १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?