
काठमाडौं । बजारमा खाना बनाउने ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि आज (शुक्रबार) देखि उपभोक्ताले आधा सिलिन्डर भरेको ग्यास पाउनेछन्। नेपाल आयल निगमले २९ फागुन (आज) देखि अर्को निर्णय नभएसम्म सिलिन्डरमा ७.१ केजी ग्यास भरेर आधा मूल्यमा बिक्री-वितरण गर्ने निर्णय गरेको हो। बजारमा ग्यास अभाव भएको गुनासो आएपछि निगमले अस्थायी व्यवस्था लागु गरेको हो।
नियमित रूपमा मागअनुसार ग्यास आयात र वितरण भइरहे पनि पछिल्ला दुई/तीन महिनादेखि ग्यासको माग असामान्य रूपमा बढेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ। नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमा समेत उपभोक्ताले ग्यास पाउन समस्या देखिन थालेको विषय सञ्चारमाध्यममा आएको छ। यो थाहा पाएर नेपाली उपभोक्ताले पनि आवश्यकताभन्दा बढी ग्यास किनेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ।
निगमले आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अस्थायी रूपमा ७.१ केजी ग्यास भरेर प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको हो। साथै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न निगमले विज्ञप्तिमार्फत आग्रह गरेको छ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो