
काठमाडौं । चैतन्य पाठशाला, धनगढीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगत टमटालाई सम्मान गरेको छ । चैतन्य पाठशालाले आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने राखेपका पूर्व मुख्य क्रिकेट प्रशिक्षक समेत रहेका टमटालाई सम्मान गरेको हो ।
महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्लीलगायतले टमटालाई दोसल्ला प्रशंसा पत्र र नगद ५० हजारसहित ‘चैतन्य खेलकुद साधना पुरस्कार–२०८२’ प्रदान गरी सम्मान गरे । चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले टमटाले युवा खेलाडीहरूलाई अनुशासन, कडा मेहनत र खेलप्रतिको समर्पणको भावना विकास गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै खेलकुदमार्फत युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने, स्वस्थ जीवनशैलीको विकास गराउने तथा समाजमा खेलकुद संस्कृतिलाई मजबुत बनाउने कार्यमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।
टमटाले चैतन्य पाठशालाले गरेको सम्मान आफ्नो मात्रै नभएर समग्र खेल जगतका लागि नै प्रेरणा हुने धारणा व्यक्त गर्दै चैतन्यले गर्दै आएका गतिविधि आफूले नजिकबाट हेर्न पाउनु नै आफ्नो सौभाग्य रहेको बताए ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल