
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा २.२९ प्रतिशतले धेरै हो ।
आज सेयर बजारमा २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । आज २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ११.६२ अंकले बढेर ४९४.१९ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये सबैको सेयर मूल्यमा हरियाली छाएको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आज सेयर बजारमा ३४२ कम्पनीका ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर १ लाख ९१ हजार २५१ पटक खरिद बिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँको कारोबार भएको छ । बिहीबार सेयर बजारमा ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना