
काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा साढे ११ अर्ब माथिको राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ११ अर्ब ५८ करोड ६ लाख ३० हजार राजस्व संकलन गरेको हो ।
यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो । कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । कार्यालयबाट फागुन महिनामा मात्रै १ अर्ब ६५ करोड ८० लाख ४ हजार राजस्व संकलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११०.२६ प्रतिशत हो ।
चालु आवको ८ महिनामा भन्सार महसुल शीर्षकमा ४ अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल निर्यात शीर्षकमा २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्क शीर्षकमा ६ लाख २९ हजार, कृषि सुधार शुल्क शीर्षकमा १० करोड ९६ लाख राजस्व संकलन भएको छ । यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार कर शीर्षकमा १ अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा १ लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा ४ अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा १३ करोड २३ लाख ५४ हजार राजस्व संकलन भएको छ ।
कार्यालयले चालु आव २०८२÷०८३ का लागि कूल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएको छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान