
काठमाडौँ। साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य सुधार भएको छ । अघिल्लो दिन उच्च अंकको वृद्धि भएको बजारमा आज भने ५.०१ अंकको सधार भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २९३६.५६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स भने ०.२८ अंकले घटेर ५०५.०२ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १३ मध्ये ६ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ७ वटाको बढेको छ । आज परिसूचक सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३ अर्ब माथिको कारोबार भएको बजारमा आज भने १५ अर्ब माथिको मात्रै कारोबार भएको छ ।
आज सेयर बजारमा ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक खरिद बिक्री हँदा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण