
काठमाडौं । देशभर एकै दिन १६ स्थानमा आगजनीका घटना भएका छन् । यस्तै, तीन स्थानमा डढेलो लागेको छ । सुक्खा मौसमका कारण देशभर आगजनीका घटनामा वृद्धि भएकाले सचेतना अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार, चैत १२ गते बिहानदेखि चैत १३ गते बिहानसम्म देशभर २५ विपद्का घटना भएका थिए । विपद्का कारण रु ७४ लाख सात हजार बराबरको धनमालको क्षति भएको छ । घटना विवरण अनुसार, उखुको पात सल्काउँदा, खाना पकाउने क्रममा चुल्होबाट हावाले आगो उडाउँदा आगलागी भएका छन् । ग्यास चुहिएर, वा सलाई खेलाउँदा पनि आगलागी भएको छ । सामान्य सावधानी अपनाउँदा समेत रोकथाम गर्न सकिने भए पनि लापरबाहीका कारण आगलागीका घटनामा वृद्धि भएको विवरणहरूमा देखिन्छ ।
प्राधिकरणका अनुसार, ललितपुर, रुपन्देही र सल्यानका विभिन्न जङ्गलमा डढेलो लागेको थियो । यस्तै, बर्दिया, रुकुम पूर्व, दाङ, रुपन्देही, बागलुङ, कास्की, ललितपुर, काभ्रेपलान्चोकका एक एक स्थानमा आगलागीका घटना भएका छन् । रौतहट, मोरङका दुई दुई स्थानमा आगलागीका घटना हुँदा सुनसरी, उदयपुर, सिरहाका एक एक स्थानमा पनि सामान्य सावधानी नअपनाउँदा ठूलो क्षति भएको छ ।
यस्तै, कञ्चनपुरमा सर्पको टोकाइबाट दुई जना घाइते भएका छन् । पदयात्रामा गएका दुई पदयात्रीलाई मुस्ताङमा लेक लागेको छ । पाँचथर, भक्तपुर, नवलपरासी पूर्व र गुल्मीमा भने जनावर आक्रमणका घटना भएका छन् । प्राधिकरणले विपदमा जोगिन पूर्व सावधानी अपनाउन आग्रह गरेको छ ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात