
काठमाडौं । चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुआत गरेको छ । सोमबार सम्पन्न खेलमा राजस्थान ८ विकेटले विजयी भएको हो। चेन्नईले दिएको १२८ रनको लक्ष्य १२.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
राजस्थानका वैभव सूर्यवंशीले सर्वाधिक ५२ रन बनाए। १७ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । यशस्वी जैशवालले ३६ बलमा ३ चौका र १ छक्कासहित ३८ रनको योगदान दिए। यी दुईबीच पहिलो विकेटका लागि ७५ रनको साझेदारी भएको थियो। धुर्व जिरेल १८ रनमा आउट हुँदा कप्तान रियान पराग १४ रनमा अविजित रहे। चेन्नईका अंशुल कम्बोजले २ विकेट लिए।
त्यसअघि गुवाहाटीको बरसापारा स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो।
महेन्द्रसिंह धोनी अनुपस्थित खेलमा चेन्नईका जेमी ओभरटन सर्वाधिक स्कोरर बने। उनले ४३ रन बनाए। डेब्यू खेल खेलिरहेका कार्तिक शर्माले १८ रन बनाए भने ‘इम्प्याक्ट प्लेयर’का रूपमा मैदानमा उत्रिएका सरफराज खानले १७ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले १० रनको अंक पार गर्न सकेनन्।
राजस्थानका लागि १७ वर्षपछि आईपीएल खेलिरहेका रविन्द्र जडेजाले २ विकेट लिए। जोफ्रा आर्चर र नान्द्रे बर्गरले पनि समान २–२ विकेट लिए। सन्दीप शर्मा, रवि बिश्नोई र डेब्यू खेलिरहेका बृजेश शर्माले १–१ विकेट लिए ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय