
टोकियो । सात राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ । वर्तामान समयमा ऊर्जा आपूर्तिमा अवरोधहरू कम गर्न यो निर्णय आएको जनाइएको छ भने लामो द्वन्द्व र हर्मुज बन्दका कारण उर्जाको मुल्य आकासिएको छ ।
अर्थ मन्त्रीहरू, ऊर्जा मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूको भर्चुअल बैठक पछि जारी गरिएको विज्ञप्तिमा जी–७ ले रूस– युक्रेन युद्धका कारण रूसमाथि लगाएको प्रतिवन्द जारी राख्ने जनाएको छन् । क्योडो न्यूजका अनुसार जी–७ समूहले अन्तर्राष्ट्रिय साझेदारहरूसँग आवाश्यक समन्वय कायम गर्ने प्रतिज्ञा गर्दै पेट्रोलियम उत्पादनहरूको अन्यायपूर्ण निर्यात प्रतिबन्ध नलगाउन आग्रह गरेको छ ।
जापानका उद्योग मन्त्री रियोसेई अकाजावालाई उदृत गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) द्वारा रणनीतिक तेल भण्डारको अतिरिक्त आपुर्तिका लागि तयारी भइरहेको जनाएको छ ।
जापानका अर्थमन्त्री सात्सुकी कातायामाले क्योडो न्यूजलाई उद्धृत गर्दै बढ्दो कच्चा तेलको मूल्यले विदेशी मुद्रा बजारलाई असर गर्नुका साथै जन–जीवन र अर्थतन्त्रलाई खतरामा पार्न सक्ने चेतावनी दिनु भएको छ ।
इरानमा अमेरिका र इजरायलको सयुक्त आक्रमण पछि पश्चिम एशियामा द्वन्द्व चर्किय पछि, इरानी सेनाहरूले विश्वव्यापी तेल ढुवानीको लागि एक महत्वपूर्ण स्थान हर्मुज अवरुद्ध गरे पछि आपूर्ति अवरोध र कच्चा मूल्यमा वृद्धि भएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम