
काठमाडौं । लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजवी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै आईपीएल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ । बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो ।
जवाफमा दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाउँदै खेल जित्यो । १४२ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै केएल राहुलको विकेट गुमाएको थियो । उनले खाता समेत खोल्न सकेनन् । त्यसपछि टोलीले २६ रनमा ४ विकेट गुमाइसकेको थियो । यस क्रममा पथुम निसांका १ रन, नीतीश राणा १५ रन र कप्तान अक्षर पटेल शून्यमै आउट भए ।
त्यसपछि समीर रिजवी र ट्रिस्टन स्टब्सले पाँचौं विकेटका लागि ७६ बलमा ११९ रनको साझेदारी गर्दै टोलीलाई १७ बल बाँकी छँदै जित दिलाए । रिजवीले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७० रन बनाए भने स्टब्स ३९ रनमा अविजित रहे । लखनऊका लागि प्रिन्स यादवले २० रन दिएर २ विकेट लिए भने मोहम्मद शमी र मोहसिन खानले १–१ विकेट लिए ।
यसअघि लखनऊले मात्र १४१ रन बनाउन सक्यो । कप्तान ऋषभ पन्त ७ रनमै आउट भएपछि टोली दबाबमा आयो । त्यसपछि मिचेल मार्शले एडेन मार्करम सँग २९ रनको साझेदारी गरे । मार्शले ३५ रनको योगदान दिए । ७१ रनमा टोलीले ५ विकेट गुमाएको थियो ।
त्यसपछि अब्दुल समदले मुकुल चौधरीसँग ३४ रन र शाहबाज अहमदसँग ३३ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए । समद २५ बलमा ३६ रन बनाएर आउट भए भने शाहबाज अहमद १५ रनमा अविजित रहे । मुकुलले १४ रन जोडे । दिल्लीका लागि लुंगी एनगिडी र टी नटराजनले ३–३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम