
काठमाडौं । अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको निष्कर्ष निकालेको छ । सीएनएनको विशेष रिपोर्टअनुसार, जारी द्वन्द्व र आक्रमणका बाबजुद इरानको मिसाइल प्रणाली पूर्ण रूपमा कमजोर भएको छैन ।
इरानले अझै पनि मध्यम र दीर्घ दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता सुरक्षित राखेको अमेरिकी मूल्यांकनले देखाएको छ । केही सैन्य संरचना क्षतिग्रस्त भए पनि प्रमुख प्रक्षेपण प्रणाली र भण्डारण संरचना अझै सक्रिय अवस्थामा रहेको बताइएको छ । यसले गर्दा इरानसँगको युद्ध अझ लम्ब्याउने कि पछि हट्ने भन्ने दोधारमा अमेरिका छ ।
आक्रमणपछि पनि क्षमता कायम
अमेरिका र इजरायलका आक्रमणले इरानका केही सैन्य पूर्वाधारमा क्षति पु¥याए पनि समग्र क्षेप्यास्त्र क्षमता समाप्त नभएको निष्कर्ष निकालिएको छ । इरानले मोबाइल लन्चर, भूमिगत संरचना र विकेन्द्रित प्रणाली प्रयोग गर्दै आफ्नो क्षमता जोगाइरहेको छ ।
इरानको यो क्षमता कायम रहनुले मध्यपूर्वमा थप तनाव बढाउने विश्लेषण गरिएको छ । विशेषगरी अमेरिकी सैनिक अड्डा र सहयोगी राष्ट्रहरू इरानी क्षेप्यास्त्रको दायराभित्र पर्ने भएकाले सुरक्षा चुनौती यथावत रहेको बताइएको छ ।
विश्लेषकहरूका अनुसार इरानको मिसाइल क्षमता यथावत रहनुले युद्ध अन्त्यका कूटनीतिक प्रयासहरू थप जटिल बन्न सक्छन् । हालसम्म इरानले आफ्नो सैन्य क्षमताबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर, अमेरिकी गुप्तचर निकायको यो मूल्यांकनले युद्धको दिशा र रणनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर