
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गरेको छ। मंगलबार बिहानैदेखि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स का लाइन काटेको हो।
यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरे पनि प्राधिकरणलाई तिर्नुपर्ने थप प्रिमियम महसुल नतिरेका थिए। यस अवधिको बक्यौता रकम निकै ठूलो रहेको बताइएको छ। प्राधिकरणका अनुसार जगदम्बा स्टिल ले झण्डै १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्स ले ७५ करोड ३७ लाख, शिवम् सिमेन्ट ले ७७ करोड ८८ लाख, घोराही सिमेन्ट ले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट ले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्स ले ३२ करोड १० लाख रुपैयाँ बराबरको बक्यौता नतिरेका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, बक्यौता रकम तिर्न तिहारको सार्वजनिक बिदामा पनि काउन्टर सञ्चालन गरिएको छ। उनले भने, “उद्योगहरूले किस्तामा रकम बुझाउने सुविधा पनि पाउनेछन्। पहिलो किस्ता बुझाउने बित्तिकै काटिएको लाइन तुरुन्तै पुनःजोडिनेछ।”
प्राधिकरणले यसअघि उद्योगहरूलाई कात्तिक २ गतेसम्मको समयसीमा दिएको थियो। ती मध्ये १२ उद्योगले तोकिएको समयभित्र बक्यौता तिरेका छन् भने बाँकीले समयमै रकम नतिरेकाले लाइन काटिएको प्राधिकरणको भनाइ छ। विद्युत् महसुल तिर्नेबित्तिकै लाइन पुनः जडान गरिने बताउँदै प्राधिकरणले बाँकी उद्योगहरूलाई शीघ्र बक्यौता बुझाउन आग्रह गरेको छ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द