
काठमाडौं । सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेको छ । बजार २७६०.०२ विन्दुमा पुगेर बन्द भएको छ । ३४५ वटा कम्पनीको १ लाख २४ हजार ०९३ पटक्को कारोबारमा २ करोड ५१ लाख ५५ हजार ८४५ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ पुगेको छ । आइतबार को तुलनामा कारोबार रकम १ अर्ब ४५ करोड २१ लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम १२ अर्ब ३८ करोड ९ लाख रुपैयाव थियो ।
यस दिन, सेन्सेटिभ इण्डेक्स १४.३० अकं बढेको छ भने फ्लोट इण्डेक्स ६.०१ अंकले बढेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स ५.०३ अंक बढेको छ ।
यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ ३.१८ प्रतिशतले,विकास बैंक ३.६३, वित्त ४.०३, होटल्स तथा पर्यटन समूह ३.२४, जलविद्युत ४.५९, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन र प्रशोधन १.५३, लघुवित्त २.४३, म्युअुचल फण्ड १.४० निर्जीवन बीमा २.९४, अन्य समूह २.३६ र व्यापार समूह २.४० प्रतिशतले बढेका छन्।
यस दिन ८ वटा सेयरको मूल्य १० प्रतिशतले बढेको छ । यस दिन उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
कारोबार रकमको आधारमा पहिलोमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब १३ करोड ५८ लाख रुपेयाँ पुगेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको करिब ५५ करोड रुपैयाँको सेयर किनबेच भएकोछ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।











समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह