
च्याम्पियन्स लिग अन्तगर्त क्वाटर फाइनलको पहिलो लिगमा पीएसजी र एट्लेटिको म्याठ्रिड विजयी भएका छन् । पीएसजीले लुभरपुल र एट्लेटिकोले बार्सिलोनालाई पराजित गरेका हुन् ।
एट्लेटिकोले बार्सिलोनालाई पहिलो लेगमा २–० ले हराएको छ । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोना सुरुआतदेखि नै आक्रमणमा देखियो । तर पहिलो हाफको अन्त्यतिर पाउ कुबार्सीले रातो कार्ड सामना गरेपछि खेलको अवस्था परिवर्तन भयो । कुबार्सीले एट्लेटिकोका जुलियानो सिमेओने लाई पछाडिबाट फाउल गरेपछि रातो कार्ड पाएका हुन् । त्यसपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । ४५ औं मिनेटमा त्यसमा प्राप्त फ्रि किकमा जुलियन आल्भारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफमा पनि बार्सिलोना १० खेलाडीमै खेल्दा आक्रमण गर्ने प्रयास गरिरह्यो । तर एट्लेटिकोले ७० औं मिनेटमा अर्को गोल थप्यो । परिवर्तित खेलाडी अलेक्जान्डर सोर्लोथले माटेओ रुगेरीको पासलाई गोलमा परिणत गरे । अब दोस्रो लेग अर्को साता एट्लेटिकोको मैदानमा हुनेछ ।
पिएसजीसँग लिभरपुलको हार
त्यस्तै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिभरपुललाई च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा २–० ले हराएको छ । यो जितले साविक विजेता समेत रहेको पिएसजीले उपाधि रक्षाको यात्रा अघि बढाउने सम्भावना बलियो बनाएको छ । पेरिसस्थित पार्क दे प्रिन्समा भएको खेलमा घरेलु टोली सुरुदेखि नै हावी रह्यो ।
धेरै अवसर सिर्जना गरेको भए पनि कमजोर फिनिसिङ र लिभरपुलका गोलरक्षक जियोर्जी मामार्डाश्भिलीको उत्कृष्ट बचाउका कारण स्कोर धेरै फराकिलो हुन सकेन । खेलको ११औं मिनेटमा डेजिरे डुएले गोल गर्दै पएसजीलाई अग्रता दिलाए । ख्भिचा क्वारात्स्खेलियाले दोस्रो आफमा गोल गर्दै टोलिको जित सुनिश्चत गरे । यसअघिको क्वाटरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई २–१ ले र आर्सनलले स्पोर्टिङलाई १–० ले हराएको थियो ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय