
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा देखिएको छ।
आज आइतबार कोशी प्रदेशका पहाडी र हिमाली भेगसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ। कोशीको तराई र अन्य पहाडी भू–भागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ । तर, कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। यस्तै गण्डकीका पहाडी भू–भाग र अन्य केही हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सङ्केत देखिएको छ।
विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।













समाचार
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै
एकदिवसिय क्रिकेट टोलिको कप्तानमा पुनः सन्दीप लामिछाने