
काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। जवाफमा गुजरातले १८.४ ओभरमा ३ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्दै सहज जित निकाल्यो।
गुजरातको जितमा तीव्र गतिका बलर प्रसिद्ध कृष्णा नायक बने। उनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएर लखनउलाई ठूलो स्कोर बनाउन दिएनन् । दिल्ली क्यापिटल्सविरुद्ध अन्तिम बलमा जित दिलाएपछि उनले अर्को खेलमा पनि प्रभावशाली प्रदर्शन दोहोर्याएका हुन्।
लखनऊको इनिङ्समा एडेन मार्कराम ले सर्वाधिक ३० रन बनाए। सुरुआतमा मोहम्मद सिराजले राम्रो बलिङ गर्दै दबाब सिर्जना गरे भने अन्तिम चरणमा अशोक शर्माले पनि महत्त्वपूर्ण विकेट लिए । १ सय ६५ रनको लक्ष्य पछ्याएको गुजरातका कप्तान शुभमन गिल ले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जिततर्फ डोर्याए। उनले ३४ बलमा अर्धशतक पूरा गरे। उनले ५० बलमा ६ चौका र १ छक्कासहित ५६ रन बनाए।
गिलले जोस बटलरसँग दोस्रो विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। बटलरले ३७ बलमा ११ चौका सहित अविजित ६० रन बनाए। वासिङ्टन सुन्दरले अविजित २१ रन जोडे । गिल र बटलरको साझेदारीपछि गुजरातलाई लक्ष्य भेट्न सहज भयो र टोलीले १८.४ ओभरमा लक्ष्य पूरा गर्दै ७ विकेटको जित हात पार्यो ।
खेलमा अनुभवी बलर मोहम्मद शामी र कप्तान गिलबीचको प्रतिस्पर्धा पनि रोचक बनेको थियो। सुरुआती दुई ओभरमा शामीले मात्र १० रन दिएका थिए। तर त्यसपछि गिलले लगातार चौका र छक्का प्रहार गर्दै खेलको दिशा बदलिदिए । यो जितसँगै गुजरातले आइपिएलमा लगातार दोस्रो सफलता हात पारेको छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व