
काठमाडौं । लिड्स युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै प्रिमियर लिगमा रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ । ओल्ड ट्राफोर्डमा नोहा ओकाफोरले पहिलो हाफमा २ गोल गर्दै लिड्सलाई महत्वपूर्ण जित दिलाए ।
यो जितसँगै लिड्स रेलिगेसन क्षेत्रभन्दा ६ अंकले अगाडि पुगेको छ । दोस्रो हाफमा कासेमिरोले हेडरमार्फत गोल फर्काएपछि भने खेलको अन्त्य केही तनावपूर्ण बन्यो । खेलको तेस्रो मिनेटमै डोमिनिक काल्भर्ट लेविनले गोल गर्ने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । त्यसपछि पाँचौं मिनेटमा ओकाफोरले लेनी योरोको कमजोर हेड क्लियरेन्सको फाइदा उठाएर गोल गर्दै लिड्सलाई अग्रता दिलाए ।
२९ औं मिनेटमा ओकाफोरले बक्स बाहिरबाट भली गर्दै दोस्रो गोल थपे। पहिलो हाफको अन्त्यतिर नजिकिँदै गर्दा आओ तनाकाको प्रहार लिसान्द्रो मार्टिनेजले गोललाइनबाट क्लियर गरे । तर ५६औँ मिनेटमा मार्टिनेजले काल्भर्ट लेविनको कपाल तानेको भन्दै भिएआर समीक्षा पछि सिधै रातो कार्ड पाए युनाइटेड १० खेलाडीमा सीमित भयो ।
त्यसपछि ६९ औं मिनेटमा कासेमिरोले ब्रुनो फर्नान्डेजको क्रसमा हेडर गोल गर्दै अन्तर घटाए । खेलको ८५औँ मिनेटमा कासेमिरोको अर्को हेडर भने गोललाइनबाट काल्भर्ट लेविनले क्लियर गरे । उनले म्यानुएल उगार्तेको रिबाउन्ड प्रहार पनि ब्लक गरे । युनाइटेडले लिग तालिकाको तेस्रो स्थानमा बलियो हुने अवसर गुमाएको छ । यो जितसँगै लिड्सले सन् २००२ सेप्टेम्बरपछि पहिलो पटक युनाइटेडलाई लिगमा हरायो । साथै ओल्ड ट्राफोर्डमा १९८१ पछि पहिलो पटक जित निकाल्दै १८ खेलको जितविहीन यात्रा पनि अन्त्य गर्यो।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु