
काठमाडौं । इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले आज (बुधबार) रिहा गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालले पनि उनी रिहा भएको जानकारी गराए ।
उनी रिहा भएकोबारे परिवारका सदस्यहरूलाई पनि सरकारी अधिकारीहरूले जानकारी गराएका छन् । इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।
अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यहाँ उनी ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’ को जहाजमा क्याप्टेन थिए । उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश