
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैसाथ तीनवटा कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले नयाँ वर्षको पहिलो काराबार दिन बुधबार एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्ने अन्तिम स्वीकृति प्रदान गरेको हो ।
बोर्डको निर्णयअनुसार एभरेष्ट कलर लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७ लाख २० हजार कित्ता सेयर निष्कासन गर्नेछ । जसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, २५ लाख ८० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले पाएको छ ।
यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई पनि १०० रुपैयाँ अंकित दरकै ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ। यस कम्पनीको शेयर निष्कासन प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेडले अगाडि बढाउनेछ। धितोपत्र बोर्डबाट एकै दिन स्वीकृति पाएका यी तीन कम्पनीले अब छिट्टै आह्वानपत्र सार्वजनिक गरी सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्नेछन्।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह