
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयरमा लगानीकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको छ । निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार अन्तिम दिनसम्म कम्पनीको आईपीओमा मागभन्दा झन्डै ४२ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेकोमा २८ लाख ७५ हजार ३७२ जना आवेदकबाट कुल ३ करोड २७ लाख ३२ हजार ९३० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिएको कुल कित्ताको तुलनामा ४१.९५ गुणा बढी हो । यस आवेदनमार्फत कुल ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ संकलन भएको छ ।
मागभन्दा निकै बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यस प्रक्रियाबाट कुल आवेदकहरूमध्ये भाग्यमानी ७८ हजार २० जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी २७ लाख ९७ हजारभन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय