
काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ । हैदराबादमा शनिबार राति भएको खेलमा हैदराबादले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो।
पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। उसका लागि अभिषेक शर्मा र हेनरिक क्लासेन ले अर्धशतक बनाए । अभिषेकले १५ बलमा तीव्र अर्धशतक बनाउँदै ५९ रन जोडे । क्लासेनले ३३ बलमा ५९ रन बनाए । चेन्नईका लागि अंशुल कम्बोज र जेमी ओभरटनले समान ३ विकेट लिए ।
१ सय ९५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुआत राम्रो गरेको थियो। युवा खेलाडी आयुष म्हात्रे ले आक्रामक ब्याटिङ गर्दै ३४ रन बनाए। तर उनको चोटपछि चेन्नईको इनिङ्स कमजोर बन्दै गयो र टोली लक्ष्य नजिक पुगेर पनि सफल हुन सकेन । हैदराबादका लागि बलिङमा ईशान मलिंगा ले ३, नितिश कुमार रेड्डी ले २ तथा शिवाङ कुमार र साकिब हुसेनले समान १ विकेट लिए ।
एक समय चेन्नईलाई जितका लागि ६० बलमा ८४ रन आवश्यक थियो र ७ विकेट बाँकी थियो। तर हैदराबादका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारे। यो जितसँगै सनराइजर्स हैदराबाद अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ।













समाचार
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
डिजिटल वित्तीय सेवालाई सुरक्षित र सर्वसुलभ बनाउन राष्ट्र बैंकको नयाँ पाँच वर्षे रणनीतिक ढाँचा
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण