
काठमाडौं । स्ट्रेट अफ होर्मुजमा फेरि तनाव सिर्जना भएको छ । शनिबार दुई भारतीय जहाजमा गोलीबारी भएका समाचार बाहिरिएका छन् । भारतका झन्डावाहक दुई जहाजमाथि गोलीबारी भएपछि दुवै जहाजले आफ्नो बाटो मोड्नुपरेको बीबीसी हिन्दीले लेखेको छ । बीबीसीले समुद्रमा ट्यांकर आवतजावतको रेखदेख गर्नेवाला वेबसाइट ‘ट्यांकरट्र्याकर्स’लाई उध्दृत गर्दै दुई भारतीय जहाजमाथि गोलीबारी भएपछि बाटो मोड्नुपरेको लेखेको छ ।
भारतीय कार्गो जहाज शीप जग अर्नव र तेल ट्यांकर सनमार हेराल्डमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर(आईआरजीसी)ले गोलीबारी गरेर आफ्नो बाटोबाट हट्न आदेश दिएको समाचार छ । त्यसपछि दुवै जहाज युटर्न लिएर फर्किएका थिए । तेल ट्यांकर सनमार हेराल्डले इराकबाट तेल भरेर ल्याएको भनिएको छ ।
आजै बेलायतको मेरिटाइम ट्रेड अपरेसन्सले होर्मुज स्ट्रेटमा एक ट्यांकरमा आईआरजीसीले गोलीबारी गरेको बताएको थियो । उसले ओमानबाट २० नटिकल माइल उत्तरपूर्वमा त्यो घटना भएको जनाएको छ । यसअघि शुक्रबार मात्रै इरानी विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला भएको घोषणा गरेका थिए ।
आज भने इरानी मिडियाले होर्मुज स्ट्रेट बन्द भएको खबर दिएका थिए । इरानी मिडियाका अनुसार इरानी सेनाले होर्मुजमा फेरि आफ्नो नियन्त्रण कायम भएको भन्दै समाचार आएको थियो । त्यसपछि कैयौं जहाज त्यहाँबाट छोडेर आफ्नो बाटो बदलेका थिए । उता अमेरिका र इरानबीचको युद्धविराम सम्झौतामा अब चार दिन मात्रै बाँकी छन् । हालसम्म उनीहरूबीच अर्को चरणको शान्तिवार्ताको कुनै टुंगो लागिसकेको छैन ।
यसअघि पाकिस्तानको इस्लामावादमा भएको शान्तिवार्ता विनानिष्कर्ष टुंगिएको थियो । आजै ट्रम्पले इरानले बुधबार(अप्रिल २२) भित्र ठूलो सम्झौता नगरेर फेरि बमबारी सुरु गर्ने बताएका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम