जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, तीन मिटरसम्म सुनामीको चेतावनी

काठमाडौं । जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएको छ ।

स्थानीय समय अनुसार साँझ ४ः५३ बजे गएको भूकम्प इवाटे प्रान्तको प्रशान्त महासागर तटीय क्षेत्रमा केन्द्रित रहेको बताइएको छ । यसको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस गरिएको थियो जहाँ धेरै ठूला भवनहरू हल्लिएका विवरण आएका छन् । मौसम विज्ञान एजेन्सीका अनुसार प्रारम्भिक सुनामी छालहरू उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने जोखिम रहेको छ। यसका कारण तटीय तथा नदी किनारका बासिन्दालाई उच्च भूभाग वा सुरक्षित निकासी भवनहरूमा जान आग्रह गरिएको छ। एजेन्सीले सुनामी छालहरू बारम्बार आउन सक्ने सम्भावना औंल्याउँदै चेतावनी पूर्ण रूपमा नहटाइएसम्म सुरक्षित स्थान नछोड्न निर्देशन दिएको छ ।

यसैबीच, जापान सरकारको प्रधानमन्त्री कार्यालयले आपतकालीन अवस्था व्यवस्थापन गर्न सङ्कट व्यवस्थापन टोली गठन गरेको जनाएको छ । सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार