
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको हो ।
राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । राखेपले छानबिनका क्रममा एन्फा पदाधिकारीको पासपोर्ट रोक्का गर्न खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुदले गृह मन्त्रालयमार्फत पत्र पठाएपछि अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको हो । अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि