
काठमाडौं । कर्मचारी खर्चमा गरिएको उच्च बृद्धिका बावजुद पनि राष्ट्रिय बाणिज्य बैंकको मुनाफामा उच्च बृद्धि भएको देखिएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार मुनाफामा झण्डै दोब्बर बृद्धि भई २ अर्ब ७६ करोड २० लाख ५९ हजार ५२१ पुगेको छ ।
अघिल्लो बर्षको तुलनामा बैंकको मुनाफामा दोब्बर भन्दा बढिले बृद्धि गर्न सफल भएको छ । अघिल्लो बर्ष बैंकको मुनाफा एक अर्ब २० करोड ४३ लाख ७० हजार ८५० रुपैयाँ आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी उच्च बृद्धि भई सात अर्बबाट बढेर आठ अर्ब ७० करोड पुगेसँगै मुनाफामा उछाल आएको हो । त्यस्तै, बैंकको खुद आम्दानी एक अर्ब ६६ करोड रुपैयाँ बढी आर्जन हुँदा मुनाफामा उछाल आएको देखिएको छ । बैंकले समीक्षा अवधीमा कर्मचारी खर्च उच्च बृद्धि गरेको देखिएको छ । अघिल्लो आवको यसै अबधीमा तीन अर्ब २३ करोड रुपैयाँ कर्मचारी खर्च गरेको बैंकले यस बर्ष तीन अर्ब ९२ करोड नाघेको छ । सरकारी लगानीमा सञ्चालित बैंकले चालु आवको नौ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको देखिएको छ ।
त्यस्तै, बैंकको खराव कर्जा सामान्य घटेर ४.६९ प्रतिशतबाट ४.४८ मा झरेको छ । बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ६१ लाख ५७ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.८० रुपैयाँ रहेको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना