
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाबाट राय तथा सुझाव आह्वान गरेको छ।
बोर्डले प्रत्येक आर्थिक वर्ष धितोपत्र बजारको व्यवस्थित, प्रभावकारी तथा दिगो विकासका लागि नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षका लागि पनि सुधारमुखी, व्यावहारिक तथा कार्यान्वयनयोग्य सुझाव माग गरिएको जनाएको छ।
बजार विकास, विस्तार तथा सुधारका लागि आवश्यक नीति निर्माण प्रक्रियामा लगानीकर्ता, व्यवसायी, नियामक निकाय तथा अन्य सरोकारवालाको सुझावलाई समेटिने धितोपत्र बोर्ड जनाएकाे छ । इच्छुक व्यक्ति तथा संस्थाले आफ्ना राय तथा सुझाव जेठ १५ गतेभित्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको इमेल ठेगानामा पठाउन अनुरोध गरिएको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना