
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले विगत पाँच वर्षदेखि नलिइएको लाभांश रकम बुझिलिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको छ । २७ औं वार्षिक साधारणसभाबाट पारित लाभांशमध्ये केहीले हालसम्म लाभांश नलिएपछि यस्तो आग्रह गरेको हो ।
कम्पनीका अनुसार उक्त आर्थिक वर्ष २०७६/०७७ को कुल ६ लाख ९३ हजार ३३० रुपैयाँ बराबरको लाभांश अझै भुक्तानी हुन बाँकी रहेको छ । सम्बन्धित सेयरधनी वा उनका हकवालाले हालसम्म पनि उक्त रकम नलिएको कम्पनीले जनाएको छ ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा रहेको सेयर रजिष्ट्रारको कार्यालयमार्फत लाभांश लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि सेयरधनीले आफ्नो सेयर प्रमाणपत्र तथा परिचय खुल्ने कागजातसहित अबको ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । तोकिएको अवधिभित्र लाभांश रकम नलिएमा कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि कम्पनीले स्पष्ट पारेको छ ।













समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?