
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले आज सूचना जारी गरेर योग्य उम्मेद्वारबाट आवेदन मागेको हो ।
कम्पनीले व्यवस्थापकीय श्रेणीको प्रमुख कार्यकारी अधिकृत पदमा एक जनाका लागि दरखास्त आह्वान गरेको हो । तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मिति (वैशाख १७ गते) ले १५ दिनभित्र आवेदन दिनु पर्नेछ । आवेदकको नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाका सीईओका लागि तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनु पर्नेछ । साथै बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संस्थामा कम्तीमा १० वर्षको अनुभव र व्यवस्थापकीय तह वा सोभन्दा माथि कम्तीमा ३ वर्षको अनुभव आवश्यक रहनेछ । लघुवित्त क्षेत्रमा काम गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
उमेर हद ३५ वर्ष पूरा भई आवेदन दिने मितिसम्म ५८ वर्ष ननाघेको हुनु पर्नेछ भने पारिश्रमिक आपसी समझदारीमा तय गरिने उल्लेख गरिएको छ । नियुक्त व्यक्तिले काभ्रेपलाञ्चोकको बनेपास्थित कर्पोरेट कार्यालयमा रही काम गर्नु पर्नेछ । आवेदन दिंदा हालसालैको फोटो, नागरिकताको प्रतिलिपि, शैक्षिक तथा अनुभव प्रमाणपत्र, दुई जना सिफारिसकर्ताको विवरण, विस्तृत बायोडाटा तथा स्वघोषणा पत्र संलग्न गर्नुपर्नेछ। साथै ५ हजार रुपैयाँ दरखास्त दस्तुर एनआईसी एशिया बैंकको बनेपा शाखास्थित खातामा जम्मा गरी भौचर पेश गर्नु पर्नेछ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि