
काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकले घटेकोे छ । बुधबार १.६४ अंकले घटेर नेप्से परिसूचक २७११.२२ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.८० अंकले बढेर ४६३.१२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२४ अंकले बढेको हो ।
बुधबार ३३६ वटा कम्पनीको ४७ हजार ८४१ पटक धितोपत्र कारोबार हुँदा ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब १९ करोड ७७ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम २३ करोड २९ लाखले कम हो । मंगलबार भने कारोबार रकम ३ अर्ब ४३ करोड ६ लाख रहेको थियो ।
बुधबार १०४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन सर्वाधिक कमाउनेमा फर्वाड माइक्रोफाइनान्स लघुवित्त संस्था, अप्पर लोहोर खोला हाइड्रोपावर हुँदा सर्वाधिक गुमाउनेमा भगवती हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनी र नारयणी विकास बैंक रह्यो ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना