
काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा.देवेन्द्र गौचनले जैविक विविधता, जल, जमिन र जङ्गललाई उपयोग गर्दै कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्ने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ‘३५ औँ वार्षिकोत्सव समारोहमा उहाँले कृषि अनुसन्धानका संरचनालाई स्थानीय तहसम्म विकास गर्दै किसान, स्थानीय तह, विश्व विद्यालय, निजी तथा सार्वजनिक क्षेत्र र गैरआवासीय नेपालीसमेतलाई जोडेर जानुपर्ने बताएका हुन् ।
नेपाली समाजमा सहरीकरण र उपभोगमा आएको परिवर्तनले कृषि उत्पादनको माग बढ्दै गएको बताउँदै उहाँले राष्ट्रिय कृषि अनुसन्धान प्रणालीमा सार्वजनिक लगानीलाई जोड दिनुपर्ने उल्लेख गरे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्रकुमार मिश्रले नेपाल कृषि अनुसन्धान परिषद्ले ३५ वर्षको समयसम्म नेपालको कृषि क्षेत्रको विकास र अनुसन्धानमा पुर्याएको योगदान महत्त्वपूर्ण भएको बताए । उनले कृषि क्षेत्रको पुनःसंरचना र ऐन संशोधनको काम सरकारले अगाडि बढाइरहेको जानकारी गराए ।
कायममुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले कृषि ऐन २०४८ अनुसार स्थापित स्वायत्त संस्था यस परिषद्ले देशको खाद्य सुरक्षाका साथै आत्मनिर्भर बन्न ध्यान दिएर प्रविधि विकासमा अगाडि बढिरहेको जानकारी गराए । समग्र कृषि क्षेत्रको बजेटमध्ये छ प्रतिशत बजेट मात्रै कृषि अनुसन्धानका लागि छुट्याइएको बताउँदै उनले यो बजेट अपर्याप्त भएको बताए ।
नेपालमा वि.सं.२०१० सालदेखि नै आधुनिक कृषिको विकास सुरुआत भएको भए पनि २०४८ सालपछि व्यवस्थित कृषि अनुसन्धानको काम भएको उनले बताए । समारोहमा वैज्ञानिक, प्राविधिक, लेखा र प्रशासन समूहका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियोे ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि