नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘Ather’ अब जनकपुरमा

जनकपुर। नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा नयाँ ‘Ather Experience Center’ सञ्चालनमा ल्याएको छ। कम्पनीले जनकपुरको मिल्स एरियामा सोमबारदेखि औपचारिक रूपमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै नेपालमा विद्युतीय सवारी विस्तारलाई थप तीव्र बनाउने प्रतिबद्धता जनाएको हो।

Nitin Trade Link को व्यवस्थापनमा सञ्चालनमा आएको उक्त Experience Center को उद्घाटन सोमबार दिउँसो १ बजे गरिएको कम्पनीले जनाएको छ। नयाँ शाखासँगै अब Ather Nepal का देशभर १० वटा Experience Center पुगेका छन्। काठमाडौं उपत्यकामा ५ वटा शाखा सञ्चालनमा रहेका छन् भने पोखरा, चितवन, इटहरी, बुटवल र अब जनकपुरमा पनि सेवा विस्तार गरिएको छ।

कम्पनीले ग्राहकलाई सहज बिक्रीपछिको सेवा उपलब्ध गराउन देशभर ९ वटा Authorized Service Center सञ्चालन गरिरहेको जनाएको छ। साथै, Ather ले नेपालकै दुईपाङ्ग्रे ईभी क्षेत्रमा सबैभन्दा लामो ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्दै आएको उल्लेख गरेको छ।

जनकपुर Experience Center मा कम्पनीका performance-oriented ‘Ather 450 Series’ तथा परिवारमुखी ‘Ather Rizta’ स्कुटरहरू प्रदर्शनमा राखिएका छन्। Ather 450 Series मा Google Maps आधारित navigation, AutoHold, Fall Safe, reverse mode, ride modes तथा touchscreen dashboard जस्ता स्मार्ट सुविधाहरू रहेका छन्। त्यसैगरी, Ather Rizta लाई आधुनिक परिवार र दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीको भनाइ छ। फराकिलो सिट, ठूलो storage capacity, traction control, theft alerts, WhatsApp notification support लगायतका सुविधाले Rizta लाई प्रविधि र आरामदायी यात्राको संयोजन बनाएको कम्पनीले जनाएको छ।

Experience Center मा ग्राहकहरूले स्कुटरहरूको live display, product demonstration, test ride, financing तथा exchange सुविधा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्। साथै EV ownership तथा charging सम्बन्धी परामर्श पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। Ather Nepal ले नेपालभर आफ्नो fast-charging infrastructure विस्तार गरिरहेको जानकारी दिँदै हाल ४० भन्दा बढी ‘Ather Grid’ fast charging network सञ्चालनमा रहेको जनाएको छ। यसले प्रमुख शहर तथा राजमार्गहरूमा सहज र भरपर्दो charging सुविधा उपलब्ध गराउने विश्वास कम्पनीको छ।

कम्पनीका अनुसार जनकपुर शाखाको उद्घाटनले नेपालका प्रमुख शहरहरूमा प्रिमियम electric mobility लाई अझ पहुँचयोग्य बनाउने दीर्घकालीन लक्ष्यलाई थप मजबुत बनाएको छ। उद्घाटनको अवसरमा कम्पनीले ४ जेठ २०८३ सम्म लागू हुने विशेष अफर पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त exchange valuation उपलब्ध गराइने जनाइएको छ।

नेपालमा Ather विद्युतीय दुईपाङ्ग्रे सवारीको आधिकारिक वितरक Vaidya Energy Pvt. Ltd. ले स्वच्छ, दिगो तथा आधुनिक विद्युतीय मोबिलिटी प्रवर्द्धन गर्ने उद्देश्यसहित सेवा विस्तार गरिरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार